काठमाडौं, १६ जेठ : गैरआवासीय नेपाली संघ (एनआरएन) का अध्यक्ष शेष घले अष्ट्रेलियाका ९९ औं धनी ब्यक्ति बन्न सफल भएका छन् । अष्ट्रेलियाबाट प्रकाशित हुने आर्थिक पत्रिका बिजनेस रिभ्यु विक्लीले शुक्रबार सार्वजनिक गरेको यसवर्षको सुचिमा उनी ५ सय २८ मिलियन डलरसहित ९९ औं धनी ब्यक्ति बनेका हुन् ।

गतवर्ष भन्दा १ सय ५० औं स्थानमा रहँदा घलेको सम्पती ३ सय ३५ मिलियन थियो । उनको सम्पति एकवर्षमा १ सय ९३ मिलियन डलरले बृद्धि भएको छ ।

गतवर्ष १ सय ५१ औं धनी ब्यक्तिको सुचिमा रहेकी उनकी श्रीमती जमुना गुरुङ समेत यसवर्ष १ सयौं धनी ब्यक्ति बनेकी छिन् ।

यसैबीच, अस्ट्रेलियाका सबैभन्दा धनी व्यक्तिको रुपमा १४ अर्ब २० करोड डलर सम्पति सहित जिना रिनहार्ट एक नम्बरमा पर्न रहिरहन भएकी छिन् । पहिलो स्थानमा रहिरहन सफल भएपनि उनको सम्पति भने गत वर्ष भन्दा झण्डै ६ अर्ब डलरले घटेको छ ।