जेष्ठ १५,शुक्रबार काठमाडौं : सरकारले गणतन्त्र दिवसका अवसरमा पाँच सयबढी कैदीलाई रिहा गर्ने निर्णय गरेको छ ।
शुक्रबार मनाइने गणतन्त्र दिवसका अवसरमा देशका विभिन्न कारागारबाट पाँच सय ४१ जना कैदीलाई रिहा गर्ने निर्णय आजको मन्त्रिपरिषद्को बैठकले गरेको छ ।
५० प्रतिशत कैद भुक्तान भएका र ७० वर्षमाथिका कैदीहरुलार्इ रिहा गर्ने निर्णयको सिफारिस मन्त्रिपरिषद्को बैठकले राष्ट्रपति डा. रामवरण यादवकहाँ पठाएको छ ।
गृहमन्त्री बामदेब गौतमले त्यतिका संख्यामा कैदी रिहा गर्न गरेको प्रस्तावलार्इ मन्त्रिपरिषद्को बैठकले अनुमोदन गरी कार्यान्वयनका लागि राष्ट्रपतिकहाँ पठाउने निर्णय गरेको हो ।
रिहा हुन लागेका कैदीहरुमा बलात्कार, लागूऔषध र मानवबेचबिखनजस्ता मुद्धामा जेल परेका बाहेक रहेका छन् ।