१४ जेठ, काठमाडौं ।  राष्ट्रपति डा. रामवरण यादवले मुलुकमा प्राकृतिक विपत्तिपछिको अवस्था र गणतन्त्र दिवसका अवसरमा आज साँझ भिडियो सन्देश दिनेभएका छन् ।
अघिल्ला गणतन्त्र दिवस जेठ १५ मा लिखित सन्देश दिँदै आएका राष्ट्रपतिले यस पटक भिडियो सन्देश दिन लागेका उनका प्रेस सल्लाहकार राजेन्द्र दाहालले जानकारी दिए । राष्ट्रपतिल सो सन्देश साँझ ७ बजे शीतल निवासबाट दिनेछन् ।
भूकम्पकाबाट भएको क्षतिबारे केही दिनयता राष्ट्रपतिले स्थलगत अवलोकन गर्दै आएका छन् ।
मुलुकमा प्राकृतिक विपत्ति परेपछि  सरकारले मितव्ययिता अपनाउने निर्णय गरेकाले यस पटक शुक्रबार चियापानलगायत कार्यक्रम हुने छैनन् ।