काठमाडौं जेठ १५ । गत बैशाख १२ गते आएको महाभूकम्प र त्यसपछिका पराकम्पनले उपत्यका सहित देशका विभिन्न स्थानका सडकमा क्षति पुर्‍याएको छ । सडकमा १ अर्ब ३८ करोड रुपैयाँ बराबरको क्षति पुर्‍याएको सडक विभागले जनाएको र त्यसलाई पुन निर्माण गर्न करिव ४ अर्ब लाग्ने विभागका उपमहानिर्देशक केशव कुमार शर्माले बताए।
भूकम्पले क्षति पुर्‍याएका सडक पनि विभागले अस्थाई रुपमा मर्मत गरी अहिले पूर्ण रुपमा सञ्चालनमा ल्याएको छ । कतिपय स्थानमा भने भौतिक संरचना ढल्न लागेका कारण ती क्षेत्रमा रोक लगाइएको छ ।
भूकम्पले बिगारेको सडकहरु
१. सुर्यविनायक पाईलोट बाबा आश्रम सडकको ५० मिटर
२. चागुँनारायण दुवाकोट सडकको १ देखि २  किलो मिटर
३. लुभू लामाटार सडकको  ३ देखि ४ किलो मिटर
४. बालाजू वाईपास सडकको २ किलो मिटर
५. कोटेश्वर भक्तपुर सडकको लोकन्थलीमा ३ सय मिटर
६. साँखु भोटेचौउर सडकको ७ देखि ८ किलो मिटरमा १ सय ५० मिटर
७.  सोह्रखुट्टे  नयाँबजार  सडकको १० देखि १५ मिटर
८. सितापाईला भिमढुङ्गा सडकको ५० मिटर
 ९. रिङ रोड सडकको केहि भागमा
 १०. गोगंबू सडकको केहि भागमा
 ११. सितापाईला सडकको केहि भागमा
 १२ अरनिको रार्जमार्ग, तातो पानी  सडक खण्ड, पृथ्वी राजमार्गका सडकको ठाँउ ठाँउमा
जोखिम युक्त सडक खण्ड
१. अरनिको राजमार्ग दोलालघाट देखि कोदारी सम्मको सडक
 २. लामाटार साँखु देखि जिरी सम्मको सडक
 ३. धुन्चे स्याफ्रुबेसी सडक
 ४. मुग्लिङ्ग नारायण घाट सडक
 ५. मुग्लिङ्ग नौबिसे सडक
 ६. पोखरा  वाग्लुङ्ग  सडक
 ७. वाग्लुङ्ग जोमसोम  सडक
 ८. चागुनारायण दुवाकोट सडक
 ९ कान्ति राजपथ
 १० छहरे टोखा सडक
 ११ पासाङ्ग लामू रार्जमागको बालाजू नुवाकोट सडक