बैशाख १२ को महाविनाशकारी भूकम्पले सिङ्गो देशलाइनै हल्लायो, गोरखाको बारपाक केन्द्रबिन्दु बनाएर आएको ७.६ रेक्टरको महाभुकम्पले क्षतित गर्याेनै तर एक किशिमको पाठ पनि सिकाएको छ ।
कुन देश भुकम्पको कारणले आक्रान्त बनिरहेको छ । हजारौंको मृत्यु भयो अधिकांश घरहरु भत्किए र साथसाथै ठूलो धनजनको क्षति भयो र देशका गर्ब गर्न लाएक अधिकांश साँस्कृतिक सम्पादको साथै नेपालको राणाकालिन एवमं ऐतिहाँसिक सम्पदा १९० वर्षको इतिहाँस बोकेको घरहरा समेत रहेन ।

देशनै यतिबला रोइरहेको छ कतिको सिन्दुर पुछिएको छ कतिको कोख रितिएको साथै आर्थिक रुपमा देश आक्रान्त बनेको छ । को धनि को गरिब को सानो को ठूलो को पहाडी को मधेशी र को हिमाली सबैलाई रुआएको छ । भनिन्छ हुने हार दैव नटार, भैसकेको कुरालाई सम्झेर हुनेवाला केही छैन । अब भोलिको नेपाल र नेपालीको सपना साकार बनाउन आफ्नो दाउबाट उठ्न जरुरी छ । यतिबेला मलाई नेपाली कथानक चलचित्र बलिदानको एउटा गीत सम्झना आउँछ ।
गाउँ गाउँ बाट उठ बस्ति बस्ति बाट उठ यो देशको मुहार फेर्नलाई उठ । हो अब हामी चुप लागि बस्ने बेला हैन आफ्नो ठाउँबाट केही गर्नको लागि जुट्ने बेला हो । जसको सकारात्मक पक्ष भनेको विदेशबाट नेपालको लागि आएका राहत र सहयोग अतुलनिय छ ।
जे जस्तो भएपनि आम नेपाली मनमा त्रास भएर पनि आफ्नो काममा फर्कनु सकारात्मक पक्ष हो । यो नेपाली शिर उचालि संसारमा लम्किन्छ जुनकिरि झै ज्योति बालि अन्धकारमा चम्कन्छ भने झै अब विश्वसामु नेपालको शिर उच्च गर्ने बेला आएको छ छ ।

देशनै पीडामा डुबेको बेलामा राजनैतिक दहरुपनि आफ्नो स्वार्थ र तछाड मछाडको राजनैतिकबाट टाढा बसि भत्किएको घर जोड्ने साँस्कृतिक एवं नेपाली बिचको भाइचारा जोड्नमा लाग्ने हो भने अबको नयाँ नेपाल बन्नमा धेरै समय लाग्ने छैन ।
सहित सदुपयो गर्ने हो भने सरकारी सयन्त्र नेपाली जना र नेपालको लागि काफि छ भन्ने उदाहरण नेपाली संयन्त्रको सुरक्षा निकायले प्राकितिक प्रकोपको बेलामा देखाएको उद्धारको कार्यलाई लिन सकिन्छ । हो अब जुट्नु पर्छ भैसकेको विपत्तिलाई भुलेर नयाँ नेपाल बनाउन उठ्नु पर्छ ।