काठमाडौं १३ जेठ । गत बैशाख १२, २०७२ मा नेपालमा गएको ठुलो भूकम्प सम्पूर्ण नेपालिका लागि एक शोकजनक एवं चाहेर पनि बिर्सन नसकिने क्षणको रुपमा ठहरियो | सो घटना ले हजारौं नेपाली नागरिकहरुको गाँस, बाँस र साँस चुडेर लग्यो, र कैयौंलाइ जीवनभर भुल्न नसकिने पिडा दिएर गयो |

राष्ट्रले आफ्नो पाइला मा उभिन खोज्दै गरेको प्रयाश र जनता ले सास्ती बेहोरि रहेको यस्तो दुखद् घडी मा एसियन पेन्ट्स नेपाल प्रा. लि. ले पनि आफ्नो सहयोगी हात अघि बढाएको छ |

कम्पनि ले सुरुवाती तवरमा नेपालका दुई जिल्ला – ललितपुर र मकवानपुर मा सहयोगको रुपमा आधारभूत आवश्यकताका सामग्रीहरुको वितरण गरेको थियो | कम्पनिको हेटौडा र काठमाडौँ शाखाका कर्मचारी आफु स्वयम् पाल मुनि बास गरिरहेको अवस्थामा पनि ललितपुर को मानिखेल र मक्वानपुर को आग्रा र गोगाने ग.वि.स मा आफै प्रत्यक्ष पुगेर राहत वितरणको शुरुवात गरे| ललितपुरको मानिखेल भुकम्पले नराम्रोसित प्रभावित मध्ये एक ग.वि.स. हो जहाँ ६०० जति मानिस घर बिहिन भएका छन्| त्यहाँ का बासिन्दालाइ आवश्यकता अनुरुपको सामग्री पुराउने लक्ष्यका साथ १००० के.जी चामल, १०० के. जी. चिउरा, १०० के. जी. दाल, १०० के.जी. नुन, १०० लिटर खाना पकाउने तेल, २०० के.जी. चिया पत्ति, ५० के.जी. दुध पाउडर, १२०० प्याकेट चाऊ – चाऊ र १०० पिस पाल वितरण गरिएको थियो| यस वितरण लाइ अझ सहज बनाउन नेपाल पुलिस, नेपाल आर्मी र प्रमुख जिल्ला अधिकारी तथा गा.वि.स. को कार्यालय ले पनि ठुलो सहयोग पुर्याउनु भयो | आग्रा र गोगाने गा.वि.स मा भने २०० भन्दा बढी परिवार घर विहिन भएका कारण सो ठाउँ मा अस्थाई आवासको रुप मा १९० पिस पाल वितरण गरिएको थियो |

यस् बाहेक एसियन पेन्ट्स नेपाल प्रा. लि ले रु. ११,११,१११/- प्रधानमन्त्री दैवि प्रकोप राहत कोष मा हालसालै प्रदान गरेको छ | सोहि कोश का लागि कम्पनि का कर्मचारी को तर्फ बाट पनि थप रु. ७,११,१११/- को योगदान पुराइएको छ |

यस विनाशकारी भूकम्पका कारणले हुन गएको जिउ-धन् को क्षतीप्रति एसियन पेन्ट्स र यस कम्पनिका सम्पूर्ण कर्मचारी अत्यन्त मर्माहत भएका छौँ र यस दुखद र पुनः निर्माणको घडीमा हमिबाट हुन सक्ने हर् सम्भव सहयोगका लागि सदैव तत्पर रहेको बिश्वासपनि दिलाउन चाहन्छौं|