भोगटेनी (मोरङ) को विकट गाउ“, जहा“ तीन जनालाई बोक्साबोक्सीको आरोपमा जिउँदै जलाएर एकै चिहान पारिएको थियो दुई÷चार सालपहिले तर अपराधी कानुनी फन्दामा परेनन् । त्यही गाउ“, जहा“ बोक्साबोक्सीकै आरोपमा मान्छे लखेटिएर बर्Èौंसम्म विस्थापित भएका दृष्टान्त छन् । लेखपढ नगरेका त कति छन् कति, जीवनमा गाडी नै नचढेका मानिस पनि धेरै छन् । भोगटेनी गाउ“का मान्छेले स्थानीय निकायको अड्डा पुग्न २७÷२८ किलोमिटरसम्म हिँड्नुपर्छ । अहिले त्यही भोगटेनीलाई बनाइएको छ, नगरपालिका ।
हुन त तराईसँग सिमाना जोडिएको गाउ“ हो भोगटेनी । तर, त्यहा“को भौगोलिक विकटतालगायत अवस्था हेर्दा र जनताको चेतनास्तर देख्दा धेरैलाई प्रधानमन्त्री र मन्त्री बनाइसकेको मोरङ, अझ त्यसमा पनि राजधानीपछिको अर्को किल्ला मानिने विराटनगर सदरमुकाम भएको जिल्ला हो जस्तो लाग्दै लाग्दैन । भोगटेनीतिर जा“दा दुर्गम पहाडी जिल्लाका गाउ“तिर पुगेको भन्दा फरक अनुभूति हु“दैन । हुन त भोगटेनीभन्दा पनि पिछडिएका अरू गाउ“ नभएका होइनन् मोरङमा तर लेटाङसँग मिलाएर लेटाङ भोगटेनी नगरपालिका बनाइँदा सायद भोगटेनीले आफैँलाई गिज्याइरहेझै“ लाग्छ ।
भोगटेनीलाई खासमा त्यहा“का जनताको मागअनुसार अहिलेको नगरपालिकामा पारिएको होइन । लेटाङलाई नगरपालिका बनाउन अर्को गाविस चाहिएको र अरू छिमेकी गाविससँग कुरा नमिलेको अवस्थामा भोगटेनीलाई लेटाङमा गाभेर नगरपालिका बनाउन केही टाठाबाठा र गाउ“का नेताले सहमति जनाएर गरिएको सिफारिस सदर भएपछि बन्यो लेटाङ भोगटेनी नगरपालिका ।
भोगटेनीका धेरै जनता भोगटेनीलाई नगरपालिका बनाउने नै हो भने लेटाङसँग होइन, पायक पर्ने केराबारीसँग मिल्नुपर्छ भन्ने पÔमा थिए । भोगटेनीको १, २, ३ र ४ वडाका जनताले त जिल्ला विकास समितिदेखि स्थानीय विकास मन्त्रालयसम्म धर्ना दिए । किनकि लेटाङ भोगटेनीसँग मिलाउँदा त्यहा“का धेरैजसो जनतालाई सहज हुन्नथ्यो तर दलीय सिन्डिकेटका आधारमा चलेको देशमा उनीहरूको के नै जोर चल्थ्यो र ? त्यसैले अन्ततः बन्यो लेटाङ–भोगटेनी नगरपालिका नै †
भोगटेनीमा तारवाला टेलिफोन त पुगेको छैन नै, कतिपय ठाउ“मा मोबाइलको टावरसमेत टिप्दैन । पहिलेको गाविस अर्थात् हालको वडा कार्यालयबाट विवाह दर्ता, जन्म दर्ताजस्ता सानातिना काम त होला तर नाता प्रमाणित, नक्सांकन–सीमांकन, चार किल्ला प्रमाणितजस्ता कतिपय काम गर्न भोगटेनीवासीले अब लेटाङ पुग्नै पर्छ । मोरङ र धनकुटाको चौबिसे जोड्नेगरी केराबारी र लेटाङबाट कच्ची सडकले भोगटेनी पार गरेका भए पनि नियमित सवारी चल्दैनन् । भोगटेनी Ôेत्रका जनतालाई नगरपालिकाको नीति–नियम पालना गराउन मुस्किल रहेको स्विकार्छन् लेटाङ–भोगटेनी नगरपालिकाका निमित्त प्रमुख जीवन भण्डारी पनि । त्यस्तै, नगरपालिका हु“दा भोगटेनीबासीलाई राहतभन्दा बढी आहत भएको बताउ“छन्, भोगटेनीका होमबहादुर मगर ।
पत्रकारका रूपमा भोगटेनीमा केही वर्Èअघि मैले देखेका केही दृष्टान्त छन्, जुन मोरङजस्तो जिल्लामा भएको भन्दा धेरैलाई अपत्यारिलो लाग्छ । ०६२ सालमा बोक्साबोक्सीको आरोपमा भग्नावशेÈविहीन हुने गरी घरमा आगो लगाई तीन जनालाई जिउँदै जलाइयो । ६५ वर्Èीय लक्ष्मीध्वज मगर, उनकै भतिजी ५३ वर्Èीया वीरमाया मगर र नाम नखुलेकी लक्ष्मीध्वजकी बहिनी पर्ने ५५ वर्षीयालाई जिउँदै जलाएर घरपरिवारै सखाप पारियो । पहिलेदेखि नै बोक्साबोक्सी भनेर गाउ“लेको हेपाइमा पर्दै आएका विपन्न परिवारका मगर परिवारले ऐया नि † भन्न नपाई मारिनुपर्ने कारण बोक्साबोक्सीबाहेक अरू थिएन । महिनाँैसम्म त्रसित भएर बस्नुप¥यो भोगटेनीवासीले । १० वर्Èसम्म त्यसका हत्यारा पत्ता नलगाई नगरपालिकावासी भएको खबर सुनिरहेछन् भोगटेनीवासी ।
आगोले जलेका घरको भग्नावशेÈभित्र गाईवस्तु र बाख्राका हड्डी अनि कालो भई कठ्यांग्रिएर ठडिएका मानिसको तीनवटा अस्थिपञ्जरका तस्बिरसहित समाचार लेख्दा पनि राज्यले कानमा तेल हालेर बसेको ठाउ“ त्यही भोगटेनी नै हो । बाइकमा केराबारी बजारबाट झण्डै ४५ मिनेटजति माथि गएर घटनास्थल पत्ता लगाउँदै घटनाको ३ दिनपछि स्यालले खाएको अवस्थाका लास खोजेर भेट्ने र समाचार ब्रेक गर्ने पत्रकारमध्ये थिए“ म । द्वन्द्वका बेला हुनाले प्रहरी घटनास्थल नपुगेको र अझैसम्म हत्यारा पत्ता लगाउने कसरत नभएको ठाउ“ त्यही भोगटेनी हो ।
०६२ सालको माघ पहिलो साता माओवादीले मारेर याङशिलाको जंगलमा दुई जना मानिसलाई गाडेका छन् रे † भन्ने सूचना पाएर त्यतिबेलै दुई जना मानिस को थिए पत्ता लगाउन तम्सिँदा आफैँ झन्डै अपहरणमा पर्नुपरेको थियो । जोखिम मोलेर हामीले समाचार ब्रेक गरेको पनि हो, ऊ बेला दुई अज्ञात मानिस मारिएकोबारे । तर, त्यो घटना पनि गुमराहमै बस्यो याङशिलामा ।
८÷१० वर्Èअगाडिको कुरा हो, करिब ४०÷४५ वर्Èका एक पुरुÈ भोगटेनीको एक गाउ“मा बोक्सो आरोपमा गाउ“बाट लखेटिएर आङ्खनो घरबास छाडी भोगटेनीकै अर्को गाउ“मा गोठालो बसेका थिए, ४÷५ वर्Èसम्म । मानिस र वस्तुभाउ बिमारी भएपछि बोक्सो आरोपमा गाउँलेले खेदाए, ती पुरुÈलाई । अहिले तिनको नाम त ख्याल छैन तर त्यो केराबारी बजारभन्दा उत्तरपट्टिको गाउ“को कुरा हो । एक÷दुईपटक मिडियामा खबर आएपछि केही वर्Èपहिले ती व्यक्ति आङ्खनै घरमा पुनःस्थापित भए ।
हत्तपत्त ठुल्ठूला मिडियाका सञ्चारकर्मी ती गाउ“मा पुग्दैनन् । पुगिहाले पनि टापटिपे रिपोर्टिङ मात्र हुन्छ । त्यसैले यताका समस्या र त्यहा“ भएका कैयौँ समाचार बन्नलायक सन्दर्भ र विÈय गुपचुप अनि ओझेलमै छन् । ०६३ जेठमा भूमिगत रहेका प्रचण्ड–बाबुरामहरूको टोली निकै दिनसम्म रमितेमा अड्डा जमाएर बस्दा प्रशासन र मिडियाले थाहा पाएन, उनीहरू त्यहा“बाट सुइँकुच्चा ठोकेपछि मात्र समाचार बाहिर आएको थियो । र, त्यो समाचार ब्रेक गरेर रास्ट्रिय स्तरको एक मात्र पत्रिकामा मुख्य समाचार बनाउने एउटा रिपोर्टर पनि यो स्तम्भकार नै थियो । त्यस्ता ठूला मिडियामा मुख्य समाचार बन्न सक्ने खालका धेरै विÈय र सन्दर्भ भए पनि थुप्रै खबर छन्, गुप्त र लुप्त । साना मिडियामार्फत आएका गाउ“तिरका समाचार ठूला मिडियाका रिपोर्टरका लागि समाचार प्राप्त गर्ने भ¥याङ बन्ने गरेको मोरङको ग्रामीण भेगमा रहेर पत्रकारिता गर्ने सञ्चारकर्मीको गुनासो छ ।
हुन त भोगटेनी मात्र त्यस्तो गाउ“ होइन, मोरङका आधा दर्जन पहाडी गाउ“को दशा भोगटेनीको भन्दा कम छैन विकासका हिसाबले । याङशिला, पाटी, भोगटेनी, वाराङगी, रमितेखोला, सिंहदेवी आदि गाउ“ र गाविसलाई मोरङको कर्णाली नै भन्दा पनि फरक पर्दैन । कोदो, मकैजस्ता बाली मात्र फल्ने भोगटेनीलगायत उत्तरी मोरङका आधा दर्जन गाविसका जनतालाई आङ्खनो उब्जनीले आधा वर्È पनि खान पुग्दैन । कतिपय ठाउ“मा अम्लिसो, अलैँचीजस्ता नगदेबाली लगाइएको भए पनि ढुवानी समस्या छ । ती गाउ“मा कुनै ठूला व्यापारिक बजार छैनन्, न त प्रहरी प्रशासनका कुनै अड्डा छन् । स्थानीय निकायबाहेक कुनै सरकारी कार्यालय छैनन् । शिÔा, स्वास्थ्य र सडकजस्ता आधारभूत सुविधा नै नभएका ती आधा दर्जन गाविसमा मावि टाढा धाएर गाउ“मै पढ्न पाए पनि त्यसभन्दा माथिल्लो तह पढ्न पनि तराई नै झर्नुपर्छ ।
जसोतसो दैनिक उपभोग्यवस्तु गाउ“तिर उपलब्ध हुन थालेको भए पनि हाटबजार भर्न र बजार किनमेल गर्न घण्टौँ धाएर केराबारी, लेटाङजस्ता तराईका बजार झर्नुपर्छ अझै याङशिला, पाटी, भोगटेनी, सिंहदेवी, वाराङगी र रमितेका जनताले । पहाडको सिरानतिरको सिंहदेवी र वाराङगीका केही जनता धनकुटाका ग्रामीण बजारमा जान्छन् किनमेल गर्न । ३ हजार ६ सय ८६ जनसंख्या रहेको रमितेका जनताले गाउ“मा बिजुली नभएकाले टुकीको उज्यालोकै भरमा जिउनु परिरहेको छ । गाविसको कामका लागि फोटोकपी गर्नसम्म पनि टाँडी वा मधुमल्ला र २८ किलोमिटर दÔिणमा अवस्थित उर्लाबारीतिरै झर्नुपर्छ अझै पनि ।