काठमाडाैं,जेठ १३ – वैशाख १२ गतेको भूकम्प र त्यसपछिका पराकम्पनका कारण अहिलेसम्म ज्यान गुमाउनेको संख्या ८ हजार ६ सय ७४ पुगेको छ । २१ हजार ९ सय ५४ जना घाइते भएका छन् । नेपाल प्रहरीका अनुसार सबैभन्दा धेरै मध्य क्षेत्रमा ६ हजार ४ सय ३० जनाको ज्यान गएको छ ।

उपत्यकामा १ हजार ७ सय ३४, पश्चिममा ४ सय ५१, पूर्वमा ५७ र मध्य पश्चिम क्षेत्रमा २ जनाको ज्यान गएको छ । अहिलेसम्म ८ हजार ६ सय ४० जनाको शव आफन्तलाई बुझाई सकिएको छ । बाँकीको डिएनए, औठा छाप लगायत परीक्षण गरेर त्रिवि शिक्षण अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।