काठमाडौं : वैशाख १२ को विनाशकारी भूकम्पछि तीस हजारभन्दा परकम्प आएका छन् । नेपालीले एक महिनामा तीस हजारभन्दा बढी भूकम्पका धक्का सामना गर्नुपरेको छ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीका अनुसार चार म्याग्निच्यूडभन्दा तलका परकम्पलाई समेत जोड्ने हो भने एक महिनाको बीचमा नेपालमा तीस हजारभन्दा बढी पटक भुइँचालो आएको छ
चार म्याग्निच्यूडभन्दा तलका परकम्प तथा भूकम्पको रेकर्ड केन्द्रले सार्वजनिक गर्ने गरेको छैन। एक महिनाको अवधिमा चार म्याग्निच्यूडसम्मका २ सय ६५ परकम्प आएका छन्।एक महिनामा आएका अधिकांश भूकम्पले गोरखा, दोलखा, सिन्धुपाल्चोक,रसुवा र आसपासको क्षेत्रलाई केन्द्र बनाएका छन्।