राष्ट्रकवि माधव प्रसाद घिमिरे ९७ वर्षको उमेरमा माहाकाव्य लेख्दै हुनुहुन्छ। हो उनै राष्ट्रिय गहना एवं नेपालि साहित्यका माहान व्यत्ति राष्ट्रकवि माधव घिमिरे ज्यू सँग पत्रकार गोपाल अाले मगर ज्यूले गर्नु भएको कुराकानि,

गाउँमा जन्मनु भयो, अाफ्नो जन्मभुमिलाइ माया गर्न सक्नु हुन्छ ?
लम्जुङ्को माया मैले मारे पनि मेरो मन भित्र रहेको  मनले सपनामा समेत लम्जुङ् जाउ भन्छ । अाफ्नो मतृभुमि कसैले पनि विर्सन सक्दैन किन भने जसरि हामिले अाफ्नो अामाको माया मार्न सक्दैनाै , त्यसैगरि म पनि अाफु जन्मेको मातृभुमि विर्सन  सक्दिन ।

सानो उमेर देखिनै कविता लेखन थाल्नु भयो, कविता लेखनमै जान्छु भन्ने लगाव कहाँ बाट अायो ?

सहरमा बस्नेलाइ त उपत्यकामा कविको चर्चा सुन्दा, पढ्दा कविता लेखन तिर जान्छु भन्ने वातावरण छ । तर लम्जुङ्को गाउँमा हुर्केको त्यहाँ कविता भन्ने नै थाहा थिएन तर पनि म सात,अाठ वर्षको हुँदा बुवाले मलाइ कविता सुनाउदाको बखतमा कविता के हो भन्ने नबुझ्ने समयमा पनि मलाइ कविताको भाका असाध्यै मन पर्ने । त्यस पछि मेलापात र सत्यनाराणको पुजामा रात भरि गित गाइन्थ्यो । हो तिनै अाज कविताका रूपमा अाएका छन । तिनै गाँउघरमा गाइने भाका नै छापिदा कविता हुँदो रहेछ ।त्यस बेला देखिनै कविता लेखन र वाचन गर्न थालियो

यति लामो समय देखि लेखिरहनु भएको छ, अाखिर तपाइको बुझाइमा कविता के रहेछ त ?
सात दशक भन्दा बढि भयो कवितामा लागेको कविता पनि जति लेख्दै गयो त्यति लेख्नन मन लाग्ने, समाजमा जति ज्ञान बाड्यो त्यतिनै  बाढ्न मन लाग्ने, हो जुन ज्ञान हुन्छ।लेख्नन थालेपछि उमेरले पनि प्रभाव पार्दो रहेछ , जवानिमा माया, पिंडा सम्बन्धि कविताले प्रभाव पार्थ्यो भने अहिले भगवानको भत्ति प्रति कविता लेखनमा मन जान्छ र साथमा कवितामा ज्ञान र विवेकको पनि अावश्यकता रहन्छ,हो यस्तै मिश्रण हो कविता

तपाँइले धेरै गिति नाटक लेख्ननु भयो नि, गिति नाटक कि कविता लेखन सजिलो ?
यो के भने हेर्दा फरक जस्तै, गिति नाटक भनेको गितमा लेखेको नाटक हो । पहिला गिति नाटक लेखन गित लेख्नन जान्नु पर्यो हो त्यहि श्रृङ्खला मिलाउ नै गाह्रो कविता लेख्दा पनि गिति नाटकमा लेखन गाह्रो छ त्यसैले कविताको तुलनामा गिति नाटक लेखन अप्ठ्यारो छ।

तपाँइको विचारमा राष्ट्रले कवि, कवियत्रिहरू लाइ कत्तिको सम्मान दिए जस्तो लाग्छ ?
प्रतिभाको नयाँ उपलब्धिलाइ सम्मान गर्ने राष्ट्र र अर्को त्यसलाइ वास्ता नगर्ने राष्ट्र, हाम्रो राष्ट्र कला संस्कृति अादि लाइ सम्मान गर्ने राष्ट्र त्यसैले राष्ट्रको मायाले गर्दा राष्ट्र र राष्ट्रियता , कला, साहित्य सदैव रहेको छ, हो त्यहि नै राष्ट्रले कवि कवियत्रिहरू लाइ दिएको सम्मान हो।