काठमाडौं, जेठ १२- रेड एरिया भनेर चिनिएको ठमेल सहर अब २४सैं घण्टा खुल्ने भएको छ । पर्यटकीय स्थल भनेर समेत चिनिएको ठमेल र दरबारमार्गलाई २४सै खुला गरिने तयारी थालिएको हो ।
राजधानी काठमाडौँको प्रमुख पर्यटकीय क्षेत्र ठमेल र दरबारमार्गलाई २४सै घन्टा सञ्चालनका लागि आवश्यक पूर्वाधार निर्माणको काम भइरहेको छ । पर्यटकको सुविधा तथा रात्रिकालीन व्यवसायीहरुको मागलाई ध्यानमा राखी जिल्ला प्रशासन कार्यालयले दुवै क्षेत्रलाई २४सै घन्टा खुलाउने तयारी गरेको हो ।
प्रशासन कार्यालयले पर्यटन व्यवसायी, होटल तथा रेस्टुराँ सञ्चालक, ट्रेकिङ एजेन्सी व्यवसायीको आग्रहबमोजिम प्रमुख पर्यटकीय व्यापारिक क्षेत्रलाई सञ्चालनकालागि सरोकारवाला निकायसँग समन्वय गरी काम अघि बढाइएको छ ।
काठमाडौँका प्रमुख जिल्ला अधिकारी एकनारायण अर्यालले आवश्यक पूर्वाधार खडा गरी ठमेल र दरबारमार्गलाई चाँडै २४सै घन्टा सञ्चालन गर्ने तयारी भइरहेको जानकारी दिनुभयो ।