काठमाडौं,जेठ १२ – नेपाली कामदारलाई बिनाशुल्क मलेसिया पठाउने सरकारी तयारीविरुद्द केही ठूला म्यानपावर व्यवसायीले लबिङ थालेका छन् । कामदार कोटा कसले धेरै ल्याउने भन्ने होडमा अवैध बाटो (हुन्डी) मार्फत मलेसिया पठाएको अढाइ अर्ब कमिसन रकम डुब्ने देखिएपछि उनीहरु सरकारी तयारीविरुद्द उभिएका हुन् ।

बैदेशिक रोजगार व्यवसायी संघले भूकम्पका कारण घर भत्केको, आफन्त गुमाएको वा अन्य कुनै किसिमले प्रभावित युवालाई वैदेशिक रोजगारीमा पठाउँदा लाग्ने सेवा शुल्क नलिने निर्णय गरेको  छ। मलेसिया र खाडी मुलुक पठाउँदा कुनै पनि शुल्क नलिने प्रक्रिया सुरू गरेको संघले जनाएको छ।