टोकियो, जेठ ११ – सोमबार जापानको राजधानी टोकियोमा शक्तिशाली भूकम्पको महसुस गरिएको छ । एएफपीका समाचारदाताहरुले सोमबार जापानको राजधानीबाट सो समाचार दिएका छन्।

सो भूकम्प ५।६ रिक्टर स्केलको मापन गरिएको जापानिज मौसमविज्ञानसम्बन्धी अधिकारीहरुले जानकारी दिएका छन् ।

अमेरिकी भौगर्भिक सर्वेक्षण संस्थाका अनुसार भने सो भूकम्प ५।३ रिक्टर स्केलको मात्र रहेको छ । यस भूकम्पबाट सुनामीको कुनै खतरा नभएको अधिकारीहरुले जानकारी दिएका छन् । मानवीय र सम्पत्तिको क्षतिको कुनै समाचार प्राप्त नभएको जनाइएको छ ।

यस भूकम्पको केन्द्रबिन्दु राजधानी टोकियोदेखि उत्तरमा साइतामा प्रान्तको उत्तरी भागमा रहेको जनाइएको छ ।