१० जेठ, काठमाडौं । म्याम्दीको राम्चेमा पहिरो खसेर काली गण्डकी नदी थुन्दा बनेको बनेको ताल फुटेको छ सो बाट कुनै मानवीय तथा भौतिक क्षति भएको छैन।

सहायक प्रमुख जिल्ला अधिकारी यामबहादुर चोखालका अनुसार तालको पानी सकिएको छ र कालीगण्डकी नदी अब पुरानै बहाव आएको छ । ‘सानोतिनो पहिरो त झरिरहेको छ । तर, अब ताल सकियो’ चोखालले अनलाइनखबरसँग भने-‘ठूलो खतरा टरेको छ ।’

म्याग्दीको राम्चे गाविस ९ मा पहिरो खस्दा मध्यरातदेखि कालीगण्डकी नदी थुनिएको थियो । जसका कारण २ किलोमिटर लम्बई र एक समय मिटर गहिरो ताल बनेको थियो ।

आइतबार ५ बजेतिर ओभर फ्लो भएर तालबाट पानी बग्न सुरु भएको थियो । तर, ओभर फ्लो भएपछि पानी बगेपछि ताल फुट्दा नदीमा ठूलो पानी आएको थियो । जसका कारण बेनी बजारसम्म नदीको छाल पुगेको थियो ।

झण्डै आधा घन्टा बाढी जस्तै भएर नदी ठूलो आएपछि क्रमिक रुपमा पानीको सतह घटेको छ ।