जेठ
१०,
काठमाडौं ।
प्रधानमन्त्री
सुशील
कोईरालाले
राष्ट्रिय
सरकार
गठन
गर्न
आफू
तयार
रहेको
बताउनुभएको
छ
।
बालुवाटारस्थित
प्रधानमन्त्री
निवासमा
संविधानसभामा
प्रतिनिधित्व
नगर्ने
३३
दलको
ज्ञापनपत्र
वुझ्दै
कोईरालाले
मुलुक
विपत्तिमा
परेका
बेला
सबै
नेपालीको
भावनालाई
समेटेर
राष्ट्रिय
सरकार
गठन
गर्न
तयार
रहेको
बताउनुभएको
हो
।
उहाँले प्राकृतिक विपद्ले जनधनको ठूलो नोक्सान भएपनि सबै नेपाली एकताबद्ध भए विकासको नयाँ युगमा प्रवेश गर्न सकिने बताउनुभयो ।
विकासको आधार गुमिनसकेको भन्दै उहाँले शान्ति र स्थायित्व मात्र दिनसके मुलुकमा लगानी गर्न भारत, चीन लगायतका धेरै मित्रराष्ट्र तयार रहेको उल्लेख गर्नुभयो । संविधानसभामा प्रतिनिधित्व नगर्ने विभिन्न ३३ दलले राष्ट्रिय सरकार गठन लगायतका माग गर्दै संयुक्त रुपमा ज्ञापन पत्र वुझाएका हुन ।