काठमाडौं, जेष्ठ १० । गत वैशाख १२ गते गोरखाको बारपाक केन्द्रबिन्दु भएर गएको महाभूकम्पपछि अझै पराकम्पन आउने क्रम रोकिएको छैन ।

आज पनि चार रेक्टर स्केल माथिका ४ वटा पराकम्पन गएकोे राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

पछिल्लो समय १२ बजेर ५५ मिनेट जाँदा दोलखा केन्द्रविन्दु भएर४ दशमलव ४ रेक्टर स्केलको पराकम्पन गएको छ ।

यसअघि, ११ बजेर ४६ मिनेटमा सिन्धुपाल्चोक केन्द्रविन्दु भएको ४ दशमलव २ रेक्टर स्केल, १० बजेर ३८ मिनेटमा दोलखालाई नै केन्द्रविन्दु बनाएर ४ दशमलव ४ रेक्टर स्केलको पराकम्पन गएको केन्द्रले जनाएको छ ।

यस्तै, बिहान ७ बजेर ६ मिनेट जाँदा दोलखा केन्द्रविन्दु भएर ४ दशमलव २ रेक्टर स्केलको पराकम्पन गएको छ । दोलखामा मात्रै आज तीन वटा पराकम्पन गएका छन् ।