१० जेठ, काठमाडौं । सरकारले भूकम्पपछिका जोमिखयुक्त घरहरलाई चरणबद्ध रुपमा हटाउने तयारी गरेको छ । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले जोखिमका आधारमा घरहरुलाई वर्गिकरण गरी भत्काउने योजना बनाएको हो ।
सबैभन्दा पहिले अत्यन्त जोखिमयुक्त घरहर देखि कम जोमिखयुक्त घरहरु हुँदै चरणबद्ध रुपमा नक्सा पास नगरी मनोमानी ढंगले निर्माण भएका घरहरुलाई भत्काउने तयारी भएको मन्त्रालयका प्रवक्ता पूर्ण चन्द्र भट्टराईले जनाए । काठमाडौं उपत्यकामा १७ सय जोखिमयुक्त घर मध्ये करिब दुईसय अति नै जोखिमयुक्त भएको सूचना पाएका छौं उनले भने आफूमात्रै नभई वरपरका घरहरुलाई समेत असर गर्ने मध्यम र ठूला प्रकृतिका घरहरुलाई भत्काउनु नै अहिले चुनौती भएको छ । त्यस्ता घरहरु जुनसुकै बेला ढल्न सक्ने भन्दै मन्त्रालयले वरपर जोखिमयुक्त संकेत राख्न महानगरपालिका लगायतका स्थानीय निकायलाई निर्देशन दिएको छ ।
घर भत्काइने पाँच चरणहरु
पहिलो ः अत्यन्त जोखिमयुक्त दुई सय भवन
दोस्रो ः जोखिमयुक्त करिब १७ सय घर
तेस्रो ः बस्नका लागि खतराजनक करिब ५० हजार घर
चौथो ः भवन संहिताको गम्भीर उल्लंघन गरेका भवन
पाँचौं ः नक्साअनुसार संरचना नबनाएका छर