८ जेठ, काठमाडौं ।वैशाख १२ को विनाशकारी भूकम्पले ध्वस्त बनेको नेपाली क्रिकेटको भौतिक पूर्वाधार निर्माणमा सहयोग गर्ने मलेसियन क्रिकेट बोर्डले आर्थिक संकलनका उद्देश्यका साथ यो बर्षको अन्त्यमा नेपाल र विश्व–११ बीच मलेसियामा एकदिवसीय खेल तय गरेको यिथो । त्यो प्रस्तावलाई नेपाल क्रिकेट संघ (क्यान) अनुमोदन गरिसकेको छ ।
जयसूर्याले बिहीबार ट्वीटमार्फत मलेसियन क्रिकेट बोर्डको प्रस्तावमा आफु नेपालविरुद्धको मैत्रीपूर्ण खेलका लागि विश्व ११ बाट खेल्न तयार भएको उल्लेख गरेका छन् । श्रीलंकालाई विश्वकपको उपाधि दिलाएका  जयसूर्याले ट्वीट गर्दै ब्याट फर नेपाल अभियान अन्तरगत हुने खेलमा आफूले विश्व ११ बाट खेल्ने पुष्टि गरेका हुन् ।