लगातार दोस्रो वर्ष पनि आफ्नो फिल्म वक्सअफिसमा पछारिएपछि अभिनेता रणवीर कपुरले आफ्नो फिल्मी करियरलाई लिएर आपू भित्र असुरक्षा बढेको महशुस गरेको प्रतिक्रिया दिएका छन्। एक भारतीय टेलिभिजनलाई  अन्तरवार्ता दिने क्रममा उनले उक्त कुरा बताएका हुन्।

उनले भने, ‘ अहिले मेरो मन भित्र असुरक्षाको अनुभव गरिरहेको छु। मेरो करियर के हुन्छ? मलाई था छैन। र मलाई यो पनि थाहा छैन कि मैले गरेको काम के हुन्छ?’ गत साता रिलिज भएको ८० करोड भारुको लागतमा बनेको फिल्म ‘बम्बे भेल्बेट’ले एक हप्तामा करिब २० करोड भारु मात्र कमाउन सक्यो जसले  फिल्मलाई फ्लपको कोटीमा पुर‍्‍याइदियो  जून अनेपक्षित नतिजा थियो। सन् २०१३ मा रिलिज भएको ‘बेशर्म’ फ्लप भएपछि रणवीरलाई यस फिल्मबाट ठूलो आशा थियो।

लगातार दुई वर्ष फ्लप फिल्म दिए पनि रणवीरको दीपिका पादुकोणसँग ‘तमाशा’ र क्याटरिनासँगको ‘जग्गा जासुस’ले उनको लय विग्रिएको फिल्मी करियरलाई नयाँ उर्जा प्रदान गर्ने फिल्म पंडितहरुले अनुमान लगाएका छन्।