काठमाडौं । महाभुकम्प पछि ठुला भनिएका मिडिया धमाधम बन्द हुन थालेका छन् ।

यस बीचमा टीटिभिमा सुचना टाँस गरेर जेष्ठ १ गतेबाट प्रशारण पुर्ण बन्द हुँदा करिब ७० जना पत्रकारहरुको भविष्य अन्यौलपुर्ण बनेको छ भने अको एक टेलिभिजन पनि लगभग बन्दहुने अवस्थामा पुगेको छ ।

पुरानो बानेश्वरमा रहेको हिमालय टेलिभिजनका मालिकले श्रमजीवि पत्रकारहरुमाथि अमर्यादित व्यावहार प्रस्तुत गरेको भन्दै पत्रकारहरु आन्दोलीत भएका छन् ।

आन्दोलनमा रहेका पत्रकारहरुले आफ्ना माग पुरा नभएसम्म काममा नफकर्ने अडान लिएका छन् । टेलिभिजन सञ्चालकले भने पत्रकारलाई प्रहरी प्रशासनको बलमा थुनामा हाल्ने काम गर्न लागेको भन्दै पत्रकार महासंघ हिमालय शाखा प्रतिष्ठानले आपत्ति जनाएको छ । हिमालय टेलिभिजनले श्रमजीवि पत्रकार ऐनको पालना समेत गरेको छैन ।

त्यस्तै भूकम्पलाई कारण देखाउदै सगरमाथा टेलिभिजले समेत दृश्य सम्पादकहरुको जागिर खोसेको छ । अत्यन्त न्यून तलव दिदै आएको सगरमाथाले रिजेश तण्डुकार, साजन शाही, प्रविन खड्की, अमन मानन्धर, सोहन मान्नधर, विकेन रञ्जित, अमित भट्टराईलाई निष्काशन गरेको हो । वजारबाट विज्ञापन नआएको र रकम अभाव भएको भन्ने कारण देखाउदै प्रशासनले उनीहरुलाई विनाकारण निष्काशन गरेको हो ।भूकम्पका बिच पनि सँस्थाकोलागि काम गरेपनि आफूहरुलाई निष्काशन गरेको भन्दै उनीहरुले दुख व्यक्त गरे ।

निर्मल गुरुङको लागानीमा रहेको सगरमाथा टेलिभिजनमा प्रमोद सेढाई समाचार संयोजक रहेका छन् । नियुक्तिपत्र नदिई काममा लगाउने गरको सगरमाथाले विनाकुनै कारण कर्मचारी निष्काशन गर्दा समेत उनीहरको आवज बोलिदिने कोहि छैन । पत्रकारको हकहितका भाषण गर्ने पत्रकार महासंघले प्रतिष्ठान शाखा समेत खोल्न नसकेको उक्त च्यानलमा कामको बताबरण नभएको र आफूहरु पेलिएको एक पत्रकारले बताए ।

भुकम्प पछि न्युज २४, एभिन्युज टेलिभिजनका सञ्चालकहरुले समेत टिभि बन्द गराउने विभिन्न बाहना खोजीरहेका छन् । केही टेलिभिजनहरुमा भुकम्प सँगै व्यवस्थापक परिवर्तन समेत हुन थालेका छन् ।