जेठ ६,काठमाण्डौ -१४ करोड रुपैयाँ लिएर फरार  भएका रिनाउन बहुमुखी सहकारी संस्था न्युरोडको निर्देशक एवम कोषाध्यक्ष मनोज भक्त श्रेष्ठ ७ वर्षपछि पक्राउ परेका छन् । महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखा टेकुको टोलीले ४७ वर्षीय उनलाई थापाथलीस्थित एक घरबाट पक्राउ गरेको हो ।

उनी लामो समय भारतमा लुकेको र नेपाल आउनासाथ पक्राउ गरिएको एसएसपी पुष्कर कार्कीले जानकारी दिए ।  उनी प्रहरीको मोस्ट वान्टेड सूचीमा समेत थिए ।