काठमाडौं, जेठ ६ – वैशाख १२ को विनाशकारी भूकम्पका कारण विकास चरणमा रहेको बिमा क्षेत्रमा पनि ठूलो धक्का पुगेको छ । भूकम्प र त्यसपछिका पराकम्पनले बिमा क्षेत्रमा मात्रै करिब २० अर्ब रुपैयाँबराबरको नोक्सानी पुगेको छ । प्रारम्भिक आँकलनअनुसार बिमा गरिएका संरचनामा पुगेको क्षति मूल्यांकन गर्दा समग्र बिमा क्षेत्रको नोक्सानी २० अर्ब रुपैयाँबराबरको देखिएको सगरमाथा इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर बस्नेतले बताए । ‘यो प्रारम्भिक आँकलनमात्रै हो, पछि बढ्न पनि सक्छ’, उनले भने,‘यो नोक्सानीमा नेपाली बिमा कम्पनीहरुले बेहोर्नुपर्ने नोक्सानी भनेको न्यूनतम २ अर्बदेखि अधिकतम ६ अर्ब रुपैयाँसम्म हुनसक्छ ।’