जेष्ठ ६,काठमाडौं-नेपाल क्रिकेट संघले टि–२० विश्वकप छनोटका लागि क्रिकेट टोली घोषणा गरेको छ । २२ जना खेलाडी अटाएको प्रारम्भिक टोलीमा महेश क्षेत्री, अनिल मण्डल, पृथु बास्कोटा, सिद्धान्त लोहनी, शौरभ खनाल र हरिशंकर पनि रहेका छन् ।
नरेश बुढायर, राहुल विक, रामनरेश गिरी र अमृत गिरी भने टोलीमा अटाउन सकेनन् ।
छनोट टोलीमा पारस खड्का, ज्ञानेन्द्र मल्ल, शक्ति गौचन, बसन्त रेग्मी, शरद भेसवाकर, सुवास खकुरेल, सागर पुन, विनोद भण्डारी, भुवन कार्की, सोमपाल कामी र करण केसी सहभागी छन्।
टोलीमा प्रदीप ऐरी, मेहबुब आलम, राजेश पुलामी, अभिनाश कर्ण, जितेन्द्र मुखिया पनि सहभागी छन् । टोली बन्द प्रशिक्षणका लागि भारत जाने कार्यक्रम छ ।