जेठ ६, एजेन्सी ।
मुम्वई इण्डियन्स आइपिएल क्रिकेटको फाइनलमा पुगेको छ । चेन्नाई सुपर किंग्सलाई २५ रनले पराजित गर्दै मुम्वई फाइनल प्रवेश गरेको हो । १ सय ८८ रनको लक्ष्य पाएको चेन्नाईलाई १ सय ६२ रनमा रोक्दै मुम्वईले जित हात पार्‍यो ।

लासिथ मालिङ्गाले तीन तथा हरभजन सिंह र विनय कुमारले २/२ विकेट लिएपछि चेन्नाई १९ औं ओभरमा अलआउट भयो । उसका महेन्द्रसिंह धोनी र ड्वायन स्मिथ डकआउट भएका थिए । फाफ डु प्लेसिसले ४५ रनको योगदान गरे । यसअघि टस जितेर व्याटिङ गरेको मुम्वईले लेन्डल सिमोन्सको ६५ र किरोन पोलार्डको ४१ रनको मद्धतमा १ सय ८७ रनको योगफल बनाएको थियो ।