काठमाडौं, जेठ ५ – दक्षिण र मध्य एसिया स्तरीय क्षेत्रीय फुटबल प्रतियोगितामा भाग लिन नेपालको १४ वर्षमुनीको फुटबल टोली सोमबार ताजकिस्तान प्रस्थान गरेको  छ ।

‘खण्डहरबाट हामी बाहिर निस्कन्छौं नेपालका लागि खेलौं’ भन्ने नाराका साथ यो प्रतियोगिता हुन लागेको अखिल नेपाल फुटबलसंघ एन्फाले जनाएको छ । ताजकिस्तानमा नेपालले भारत, अफगानिस्तान, बंगलादेश, पाकिस्तान, श्रीलंका, माल्दिभ्स, किर्गिस्तान, ताजकिस्तान र उज्वेकिस्तानसँग खेल्ने छ ।

बुधबार सुरु हुने प्रतियोगिता  ७ दिनसम्म चल्ने छ । सोमबार ताजकिस्तान गएको १४ वर्ष मुनीको टोलीलाई सोमबार नै एक कार्यक्रम गरी विदाई गरिएको थियो ।