५ जेठ, काठमाडौं । भूकम्पले क्षतिग्रस्त नेपालमा क्रिकेटका पूर्वाधारहरु पुनर्निर्माणका लागि रकम जुटाउन ‘ब्याट फर नेपाल’ अभियान चलाइने भएको छ ।

नेपाल क्रिकेट संघ क्यानको नेपाल र विश्व ११ टीमबीच मलेसियामा एकदिवसीय क्रिकेट खेल्ने मलेसिया क्रिकेट बोर्डको प्रस्ताव स्वीकार गरेको छ । साथै खेलको लोगो समेत सार्वजनिक गरिएको छ । खेलको नाम नेपाल अर्थक्वेक फण्ड राइजिङ म्याच दिइएको छ ।

नेपाल क्रिकेट टीम राष्ट्रिय एकताको प्रतिक भएकाले यस्तो खेल गर्न लागिएको क्यानका सीइओ भावना घिमिरेले बताएकी छन् । मलेसिया क्रिकेट एशोसिएनका अध्यक्षका अनुसार खेल किनरारा ओभलमा हुनेछ ।

साथै अन्य देशको क्रिकेट बोर्डसँग पहल गर्ने निर्णय गरेको छ । नेदल्याण्डसहितका देशका क्रिकेट संघसँग पनि कुराकानी भइरहेको क्यान स्रोतले बताएको छ ।