४ जेठ, काठमाडौं ।

नेपाल क्रिकेट संघ क्यानले आसन्न टी-२० विश्वकप छनोटको तयारीका लागि राष्ट्रिय टीमलाई भारत पठाउने तयारी गरेको छ ।

नेपालमा विनाशकारी भूकम्प गएपछि भारतीय क्रिकेट कन्ट्रोल बोर्ड बीसीसीआईले नेपाली टीमलाई आफ्नो राष्ट्रिय एकेडेमीमा आएर विश्वकप छनोटको तयारी गर्न प्रस्ताव गरेको थियो ।

त्यसलाई स्वीकार गर्दै नेपाली टोली मे अन्तिमतिर १५ दिन भारत भ्रमणमा जाने तयारीमा जुटेको छ । नेपाली राष्ट्रिय क्रिकेट टोलीले भारतमा स्थानीय टोलीसँग अभ्यास खेलहरु समेत हुनेछ ।

भारतबाट फर्किएपछि नेपाली टोली इंग्ल्याण्ड र नेदरल्याण्ड हुँदै आयरल्याण्ड पुग्नेछ ।

टी-२० विश्वकप छनोट आयरल्याण्ड र स्केटल्याण्डमा जुलाई ६ देखि २६ सम्म हुनेछ । समूह एमा रहेको नेपालका सबै खेल आयरल्याण्डमा हुनेछ । नेपाल रहेको समूह एमा आयोजक आयरल्याण्डसँगै हङकङ, पपुवा न्यूगिनी, नामिबिया, अमेरिका र जर्सी छन् ।