काठमाडौं, जेठ ४ – वैशाख १२ गतेको गोर्खा भूकम्पपछि पराकम्पन आउने क्रम जारी रहे पनि आइतबार भने पराकम्पनको संख्यामा कमी देखिएको छ ।

शुक्रबार ६ तथा शनिबार ९ वटा पराकम्पन महसुस भएकोमा आइतबार उक्त संख्यामा कमी आउँदै तीनवटा मात्रै पराकम्पन महसुस गरिएको छ ।

आइतबार बिहान ५ बजे दोलखा केन्द्र विन्दु भएर ४.४ रेक्टर स्केलको पराकम्पन गएको थियो भने बिहान ११ बजेर ३० मिनेटमा रामेछाप केन्द्र विन्दु भएर ४.६ रेक्टर स्केल तथा राती ८ बजेर ४० मिनेटमा दोलखा नै केन्द्र विन्दु भएर ४.४ रेक्टर स्केलको पराकम्पन गएको थियो ।

सोमबार बिहान ९ बजेसम्म कुनै पराकम्पन गएको छैन ।