काठमाडौ २ जेठ । वैशाख १२ गते आएको भूकम्पपछि बन्द रहेका शैक्षिक संस्थाहरु एक सातापछि सञ्चालन गरिने भएको छ ।
निजी शैक्षिक संस्थाहरुको छाता संगठन अपिनको भूकम्प पीडित उद्धार मूल समितिको शनिबार बसेका वैठकले जेेठ १० गते आइतवारदेखि उच्च माध्यमिक विद्यालय, प्राविधिक शिक्षालय तथा कलेजहरु सञ्चालन गर्ने निर्णय गरेको छ ।
यस्तै भूकम्पको त्रासदीले अनिश्चित बनेको विद्यालयहरु जेष्ठ १७ गते आइतवार देखि सुचारु गर्ने निर्णय गरिएको अपिन प्रचारप्रसार उपसमिति संयोजक रमेश सिलवालले जानकारी दिए ।