दक्षिण कोरिया, वैशाख ३० – उत्तर कोरियाली रक्षामन्त्री ह्योन–योङ चोललाई ‘एन्टी एयरक्राफ्ट मिसाइल’ले हानेर मृत्युदण्ड दिइएको दक्षिण कोरियाली जासुसी संस्थाले दाबी गरेको छ ।

रक्षामन्त्री चोललाई उत्तर कोरियाली नेता किमजोङ उनप्रति बफादार नभएको आरोप लगाउँदै मृत्युदण्डको सजाय दिइएको त्यहाँको संसदलाई जानकारी गराइएको थियो ।

बीबीसीका अनुसार रक्षामन्त्री चोल किमको एक कार्यक्रममा निदाएका थिए र उनलाई दिइएको निर्देशन पालना गरेका थिएनन् । उनलाई ३० अप्रिलको दिन मृत्युदण्ड दिइएको दक्षिण कोरियाली जासुसी संस्थाले बताएको छ