३१ वैशाख, काठमाडौं । भूकम्पकाले चर्किएको कलंकीको एक सात तले घर भत्किएको छ । शिवनगरस्थित आनन्दबुद्ध मानन्धरको घर भत्किएको हो ।

वैशाख १२ गते गएको भूकम्पले चर्किएको घर वैशाख २९ गते गएको भूकम्पका कारण थप क्षति पुगेको थियो । लड्ने अवस्थामा रहेको घर बिहीबार बिहान भत्किएको प्रहरीले जनाएको छ ।