३० वैशाख, काठमाडौं । बार्सिलोनाका मिडफिल्डर जाभी च्याम्पियन्स लिगमा १५० खेल खल्ने पहिलो फुटबलर बनेका छन् ।

मंगलबार बार्सिलोनाले बार्यन म्युनिखविरुद्ध खेल्दा उनी ७५ औैं मिनेटमा आन्द्रे इनिष्टाको स्थानमा मैदान प्रवेश गरेका थिए ।

जुन खेल बार्यन म्युनिखले ३-२ ले जित्यो । तर, पहिलो लेगमा ३-० को जितका आधारमा बार्सिलोना २०११ पछि पहिलो पटक च्याम्पियन्स लिगको फाइनलमा पुगेको छ ।

जाभीले तीन पटक च्याम्पियन्स लिगका उपाधि जितेका छन् । उनले १९९८ मा च्याम्पियन्स लिगमा डेब्यू गरेका थिए ।

रियल मडि्रडका इकर कासियासले भने एक खेल कम खेलेका छन् । उनले १४९ खेल खेलेका छन् ।