दोलखा र सिन्धुपाल्चोलाई केन्द्रविन्दु बनाएर गएको मंगलबार गएको ६.८ रेक्टर स्केलको भूकम्पले क्षति पुर्‍याएपछि घर सरेका सर्वसाधारणहरू पुनः पालमा फर्किएका छन्।

भूकम्पपछि राजधानीको विभिन्न ठाउँमा पुग्दा सर्वसाधारणहरू सडक, खाली ठाउँमा पाल टाग्दै गरेको भेटिए।

यसअघि वैशाख १२ गते गएको ७.९ रेक्टर स्केलको भूकम्प पछि तीन दिनदेखि पाँच दिनसम्म बाहिर पाल टाँगेर बसेका सर्वसाधारण घर फर्केका थिए।