३० वैशाख, काठमाडौं । मानिसहरु सुतिरहेका बेला बुधबार बिहान २ बजेर सात मिनेटमा काठमाडौं केन्द्र भएको पराकम्प गयो । त्यस यता साढे ८ बजेभित्र पाँचवटा पराकम्प गइसकेका छन् ।

भूकम्प मापन केन्द्रमा भएको रेकर्ड अनुसार काठमाडौं केन्द्र भएको भूकम्प ४.२ रेक्टर स्केलको थियो ।

बिहान ३ बजेर १० मीनेट जाँदा धादिङ केन्द्रविन्दु भएको ५.९ रेक्टर स्केलको भूकम्प गयो ।