(एजेन्सी) – माइक्रोसफ्टले हाल उत्पादन गर्दै आएको विन्डोज अपरेटिङ सिस्टमको उत्पादन बन्द गर्ने भएको छ । माइक्रोसफ्ट डेभलपमेन्टका प्रमुख जेरी निक्सनले यसै साता आयोजना गरिएको एक कन्फ्रेन्समा बोल्दै विन्डोज १० नै विन्डोज भर्सनको अन्तिम उत्पादन हुने बताएका छन् ।

उनले विन्डोजलाई अपडेट गरिने समेत बताए । उनले विन्डो १० लाई परिमार्जित गर्दै लैजाने बताए । उनले सिकागोमा भएको एक कन्फ्रेन्समा यस्तो बताएका हुन् ।

विन्डोले नयाँ सिस्टम विकास गरेर त्यसलाई निरन्तर अपडेड गर्दै जाने जनाएको छ । ‘विन्डोज ११ आउँदैन ।’ माइक्रोसफ्टको मनिटर गर्दै आएका विज्ञ तथा एनालाईस फार्म गार्थनर रिसर्च उपप्रमुख स्टेभ क्लेनह्यान्सले भने ।

उनले माइक्रोसफ्टले प्राप्त गर्ने अधिकांश आम्दानी नयाँ कम्प्युटरको बिक्रीबाट हुने बताए । माइक्रोसफ्टले नयाँ नयाँ फिचरहरु निर्माण गर्दै जाने र ग्राहकहरुसँग सहकार्य गर्दै पुरानोबाट नयाँ फिचर्सहरु प्रयोगका लागि सहयोग गर्दै जाने समेत उनले बताए । नयाँ विन्डोज भर्सन उत्पादन गर्दैन भन्दैमा कम्पनी यत्तिकै बस्छ वा अगाडी बढ्दैन भन्ने अर्थ नबुझन पनि उनले सबैसँग आग्रह गरे ।